Kathmandu Press

अक्सिजन सिलिन्डर लिन ओमान उड्यो जहाज

काठमाडौं, जेठ १ : अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज ओमानतर्फ प्रस्थान गरेको छ। शनिबार बिहान ७ः३० बजे ओमानको राजधानी मस्कटको लागि उडेको हो। अक्सिजन...
अक्सिजन सिलिन्डर लिन ओमान उड्यो जहाज

काठमाडौं, जेठ १ : अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज ओमानतर्फ प्रस्थान गरेको छ। 

शनिबार बिहान ७ः३० बजे ओमानको राजधानी मस्कटको लागि उडेको हो। अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज ओमान उडेको एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले बताए। 

गैरआवासीय नेपाली संघको सहयोगमा ओमानमा ६ सय अक्सिजन सिलिन्डर सहयोग प्राप्त भएको छ। नेपाली दूतावास ओमानको सहकार्यमा ति सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज ओमान गएको हो। 

त्यस्तै, आजै वाइडबडी जहाज चीनको बेईजिङ पनि जाँदै छ। बेइजिङबाट चार सय अक्सिजन लिसिन्डर, चार सय अक्सिजन कन्सर्नटेटर र अन्य स्वास्थ्य सामाग्री ल्याउने जनाएको छ।

प्रकाशित मिति: ०८:५० बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्