Kathmandu Press

जाजरकोटमा पनि दुई हप्ता थपियो निषेधाज्ञा

जाजरकोट, जेठ १ : कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। कोरोना फैलने दर बढेकाले दुई हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी...
जाजरकोटमा पनि दुई हप्ता थपियो निषेधाज्ञा

जाजरकोट, जेठ १ : कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। 

कोरोना फैलने दर बढेकाले दुई हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए। जाजरकोटमा कोरोनाले दुई जनाको मृत्यु भइसकेको छ। 

जिल्ला अस्पतालमा  १०३ आइसोलेसन शय्या, आइसियू कक्ष ३, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर ५४, एचडीयू १, अक्सिजन सहितको शय्या ३३  र साधारण आइसोलेसन ३३ छ। थप अक्सिजन सिलिण्डर खरिद गर्न बुधबार बोलपत्र आह्वान गरिएको छ।

त्यस्तै छेडागाड नगरपालिकाले १५ शय्याको कोभिड आइसोलेसन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो । प्रत्येक पालिकाले १५ शय्याको आइसोलेसन बनाउने योजना बमोजिम काम भइरहेको छ। 

प्रत्येक पालिकाले अक्सिजन सिलिण्डर खरिद गरिरहेका  छन् । भेरी नगरपालिकाले  सङ्क्रमित बिरामीलाइ ओसारपसार गर्न नेपाल रेडक्रस सोसाइटीको एम्वुलेन्स असारसम्मलाई भाडामा लिएको छ। स्वाव सङ्कलन, कन्टयाक्ट टे«सिङ, कोरोना अनुगमनको लागि नगरप्रमुख चढ्ने गाडी प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए। नगरपालिकाले  एम्वुलेन्स र शववाहन खरिद प्रक्रिया अन्तिम चरणमा पुरयाएको छ। 
 

प्रकाशित मिति: ०८:०६ बजे, शनिबार, जेठ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्