हेटौंडामा एन्टिजन परीक्षण किट अभाव

हेटौंडा, जेठ १ : बाग्मती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस परीक्षण गर्ने एन्टिजन किट अभाव भएको छ।
अस्पतालमा आकस्मिक शल्यक्रिया वा तत्काल उपचार गर्नुपर्ने अन्य रोगका बिरामीको कोरोना संक्रमण रहे/नरहेको पहिचान गर्न एन्टिजेन विधिको प्रयोग गरिन्छ। हेटौंडा उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन भोला चौलागाईँले शनिबारदेखि एन्टिजेन परीक्षण किट अभाव भएको बताए।
एन्टिजन अभाव हुँदा कोरोना परीक्षण गर्न कठिनाइ भएको उनले बताए। अब पीसीआर परीक्षण गर्नुपर्ने भएको छ। त्यसको रिपोर्ट आउन समय लाग्ने भएकाले बिरामीको उपचारमा पनि ढिलाइ हुनसक्ने उनको भनाइ छ।
प्रकाशित मिति: ०७:४१ बजे, शनिबार, जेठ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











