करेन्ट लागेर २ जनाको मृत्यु
काठमाडौं, वैशाख ३१ : बारा, आदर्श कोतवाल गाउँपालिका ३ बातरास्थित काठ चिरान मेशिनमा करेन्ट लागेर सोही ठाउँ बस्ने हिरा रामको छोरा १५ वर्षीय...
काठमाडौं, वैशाख ३१ : बारा, आदर्श कोतवाल गाउँपालिका ३ बातरास्थित काठ चिरान मेशिनमा करेन्ट लागेर सोही ठाउँ बस्ने हिरा रामको छोरा १५ वर्षीय टोनीरामको बिहीबार साँझ मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कलैया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
नुवाकोट तादी गाउँपालिका ५ कुखुरेस्थित दोर्खु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका ५ स्याङचेत मामा घरमा बस्दै आएका सूर्यगढी गाउँपालिका १ घर भएका १९ वर्षीय मिलन तामाङको बिहीबार राति मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०:३४ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











