जिल्ला अस्पताल कपिलवस्तुलाई नेपाली सेनाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं, वैशाख ३१ : नेपाली सेनाले कपिलवस्तु जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।हाल देशभर घातक रुपमा संक्रमण फैलिरहेको सन्दर्भमा सैनिक श्रीमति...काठमाडौं, वैशाख ३१ : नेपाली सेनाले कपिलवस्तु जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
हाल देशभर घातक रुपमा संक्रमण फैलिरहेको सन्दर्भमा सैनिक श्रीमति संघले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरु श्री नं.२२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्गले कपिलवस्तु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।
संघले बुठ ५० जोर, चस्मा ५० गोटा, हेड कभर २०० सेट, सु कभर २०० जोर, ग्लोभ १०० जोर, मास्क ५० पिस, पिपिई ५० सेट, सर्जिकल ग्लोभ १२ बट्टा, मेडिकल मास्क १० बट्टा र सेनिटाईजर २५ लिटर उपलब्ध गराएको हो ।
प्रकाशित मिति: २०:०९ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











