छुट्टाछुट्टै दुर्घटनामा सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं, वैशाख ३१ : तनहुँ, कञ्चनपुर, चितवन र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।तनहुँको आबुखैरेनी गाउँपालिका...
काठमाडौं, वैशाख ३१ : तनहुँ, कञ्चनपुर, चितवन र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका २ खानीखोलास्थित सडकमा प्रदेश ०२-०१८ प ७८९३ नम्बरको मोटरसाइकललाई ग १ क २८७७ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक दोलखा घर भएका २७ वर्षीय सुरज बुढाथोकीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हाडजोर्नी अस्पताल आबुखैरेनी हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ मौरिफाटास्थित सडकमा से.१ त ४४४१ नम्बरको ट्याक्टरले से.३ प ३००५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रकाश रोकाया र सोही ठाउँ बस्ने २६ वर्षीय सुरज जप्रेल रहेका छन् ।
उता, चितवनको भरतपुर महानगरपालिका ११ बिशाल चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै, मोरङको ग्रामथान गाउँपालिका ४ स्थित लोहोन्द्र खोलामा को.१ त ४९०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका ७ बस्ने ३५ वर्षीय दिल कुमार मुडयारीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।











