वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा
काठमाडौं, वैशाख ३१ : पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज...
काठमाडौं, वैशाख ३१ : पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद शाह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना शाह छन्।
उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आरोपितविरुद्ध सार्वजनिक हितविरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १७:४३ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











