Kathmandu Press

व्यक्तिगत प्रयोजनका लागि सिलिन्डर नलगिएकाे प्रहरी प्रष्टिकरण

काठमाडौं, वैशाख ३१ : बिहीबार अस्पतालमा लैजान तयारी अवस्थामा रहेको अक्सिजन सिलिन्डर प्रहरीले व्यक्तिगत प्रयोजनका लागि नलगिएको प्रहरीले स्पष्ट पारेको छ । प्रहरीले शुक्रबार...
व्यक्तिगत प्रयोजनका लागि सिलिन्डर नलगिएकाे प्रहरी प्रष्टिकरण

काठमाडौं, वैशाख ३१ : बिहीबार अस्पतालमा लैजान तयारी अवस्थामा रहेको अक्सिजन सिलिन्डर प्रहरीले व्यक्तिगत प्रयोजनका लागि नलगिएको प्रहरीले स्पष्ट पारेको छ । प्रहरीले शुक्रबार   विज्ञप्ति जारी गर्दै अक्सिजन सिलिन्डर प्रहरीले व्यक्तिगत प्रयोजनका लागि नलगेको र त्यस्तो आरोप मिथ्या भएको उल्लेख गरेको छ । 

महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले विज्ञपित जारी गर्दै प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिन्डरहरू लैजाने गरेको भन्ने जस्ता कपोलकल्पितः आरोपमा कुनै सत्यता नभएको र विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाईनु आफैंमा दुःखद रहेको बताएका छन् । 

बिहीबार काठमाडौंको ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले फेसबुकमा एक स्ट्याटस लेख्दै प्रहरीका उच्च अधिकारीहरूले नै अक्सिजन लग्दा ट्रमा सेन्टरले पाउनुपर्ने अक्सिजन नपाएको बताएका थिए । उनले अक्सिजन कम्पनीका मालिकसँग भएको कुराकानी आफ्नो स्टाटसमा लेखेका थिए। 

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्