Kathmandu Press

सिंगापुरमा फेरि लकडाउनको तयारी 

सिंगापुर, वैशाख ३१ : कोरोना भाइरसको संक्रमण बढेपछि सिंगापुर सरकारले फेरि लकडाउन गर्ने तयारी गरिरहेको बताएको छ। सिंगापुर सरकारले मे १६बाट जुन १३ सम्म एक...
सिंगापुरमा फेरि लकडाउनको तयारी 

सिंगापुर, वैशाख ३१ : कोरोना भाइरसको संक्रमण बढेपछि सिंगापुर सरकारले फेरि लकडाउन गर्ने तयारी गरिरहेको बताएको छ। 

सिंगापुर सरकारले मे १६बाट जुन १३ सम्म एक महिनाको लागि फेरि लकडाउन गर्ने तयारी गरेको हो। 

सिंगापुरको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा ७१ कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ । 

दुई जना भन्दा बढी मानिस भेला हुन, होटल, जिमखाना र समूहमा कार्यक्रम गर्ने जस्ता कार्यमा प्रतिबन्ध लगाउन सिफारिस गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ। 

सिंगापुरमा हालसम्म कोरोना संक्रमितको संख्या ६१ हजार चार सय ५३ जना छ भने मृत्यु हुनेको संख्या ३१ जना छ। त्यस्तै, निको हुनेमा ६१ हजार २९ जना रहेका छन् । 

प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्