Kathmandu Press

धनुषामा निषेधाज्ञा १० दिन थपियो

धनुषा, वैशाख ३१ : धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति...
धनुषामा निषेधाज्ञा १० दिन थपियो

धनुषा, वैशाख ३१ : धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका हुन्। कोरोनाको दोस्रो लहरमा गएको यही वैशाख २१ गते देखि बिहान वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञाको समय आज राति सकिन लागेपछि निषेधाज्ञाको समय थप गरिएको हो।

पहिलो चरणको निषेधाज्ञा सकिनुअघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो। निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ।
 

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्