पर्सामा एकैदिन १६५ संक्रमित भेटिए

वीरगञ्ज, वैशाख ३१ : पर्सामा आज एकै दिन १५६ कोरोना संक्रमित भेटिएका छन्। जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला संक्रमित भेटिएका हुन्।
संक्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डां सरोज रोशन दासले जानकारी दिए। भेटिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता लक्षण रहेको उनले बर्ता।
प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











