Kathmandu Press

लक्षण देखिएकालाई भेरोसेलकोे दोस्रो डोज नलगाइने

काठमाडौं, वैशाख ३१ : कोरोना भाइरसको लक्षण देखिएका र पहिलो डोज लगएपछि संक्रमित बनेकाहरुलाई चाइनिज खोप ‘भेरोसेल’को दोस्रो डोज नलगाइने भएको छ।२५ चैत...
लक्षण देखिएकालाई भेरोसेलकोे दोस्रो डोज नलगाइने

काठमाडौं, वैशाख ३१ : कोरोना भाइरसको लक्षण देखिएका र पहिलो डोज लगएपछि संक्रमित बनेकाहरुलाई चाइनिज खोप ‘भेरोसेल’को दोस्रो डोज नलगाइने भएको छ।

पहिलो डोज लगाएपनि कोरोनाको लक्षण देखिएका, त्यसपछि कोरोना संक्रमण पुष्टि भएका र कोरोना परीक्षण गराएर रिपोर्ट नआएकालाई  भेरोसेलको दोस्रो डोज नलगाइने काठमाडौं महानगर शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

भेरोसेलको दोस्रो डोज लगाउनका लागि काठमाडौं महानगरपालिकाले प्रत्येक वडामा खोप केन्द्र सञ्चलान गर्ने छ। त्यसका लागि महानगरले प्रत्येक खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र ६ जना स्वयमसेवक परिचालन हुने गर्ने भएको छ।

२५ चैत ०७७ देखि १५ वैशाख ०७८ सम्म भेरोसेल खोप लगाएकालाई २ जेठबाट दोस्रो डोज लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको २५ वैशाखको  निर्णयानुसार भेरोसेलको दोस्रो डोज दिन लागिएको हो।

यस्तो छ भेरोसेलको दोस्रो डोज लगाउने तालिका

 

प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, वैशाख ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्