Kathmandu Press

झापाका चार निजी अस्पतालमा कोरोना संक्रमितको उपचार

झापा, वैशाख २७ : झापामा निजी अस्पतालहरुले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि आइसियूसहितका कक्षहरू छुट्याएका छन् । संकटको घडीमा सरकारलाई सहयोग गर्ने र...
झापाका चार निजी अस्पतालमा कोरोना संक्रमितको उपचार

झापा, वैशाख २७ : झापामा निजी अस्पतालहरुले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि आइसियूसहितका कक्षहरू छुट्याएका छन् । संकटको घडीमा सरकारलाई सहयोग गर्ने र कोभिडका संक्रमितहरुको सेवा गर्ने उद्देश्यले चार निजी अस्पतालले २७५ शय्याको व्यवस्था गरेका हुन् ।
 
विर्तामोडस्थित विएण्डसी अस्पतालले २०० शय्या, विर्तासिटी अस्पतालले २५ शय्या, मनमोहन सामुदायिक अस्पतालले १० शय्या र दमकस्थित लाइफलाइन अस्पतालले ३० शय्या गरी कूल २७५ शय्याको व्यवस्था गरेका छन् ।

हाल विएण्डसी अस्पताल र विर्तासिटीले कोडिभ सङ्क्रमितका उपचार गरिरहेका छन् भने मनमोहन र लाइफलाइनले पनि तयारी शुरु गरेका छन् । जिल्लामा सङ्क्रमितको सबैभन्दा बढी उपचार गर्ने विएण्डसी अस्पताल रहेको छ ।

Hardik ivf

दमकको सबैभन्दा पुरानो निजी अस्पताल हो लाइफलाइनमा चौथो ब्लकमा आइतबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा.सूर्यनारायण शाहका अनुसार विशेषज्ञ सेवासहित कोभिडका बिरामीहरुले यहाँ सहज रुपमा सेवा पाउनेछन् ।

 

प्रकाशित मिति: १४:१६ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्