Kathmandu Press

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

ताप्लेजुङ, वैशाख २६ : पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ। टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो।टावरमा...
दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन
Hardik ivf

ताप्लेजुङ, वैशाख २६ : पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ। टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो।

टावरमा समस्या आएसँगै  कुनै टेलिफोन तथा मोबाइलमार्फत  सञ्चार  हुन सकेको छैन। कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरुसँग सम्पर्कमा रहनुपर्ने समयमा  घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्र्पक बन्द भएको स्थानीयवासी मिङमा डण्डु शेर्पाले जानकारी दिए। समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित बस्ती घुन्सा र फले क्षेत्रमा मोबाइल बन्द भएको हो। स्याटलाइट प्रविधिबाट घुन्सा क्षेत्रमा मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए।

उनले भने, ‘टावरमा समस्या आएको छ। केही आवश्यक उपकरण फेर्नु पर्दछ। त्यसका लागि आवश्यक सामग्री इलाम दूरसञ्चार कार्यालयबाट झिकाएको छ। आज फुङ्लिङमा आइपुग्छ ।’  घुन्सा क्षेत्रमा अहिले कुनै सञ्चार हुन सक्दैन। नेपाल प्रहरीको सेटबाट घुन्सा प्रहरी चौकीमामार्फत स्थानीयवासीलाई आवश्यक सामग्री लिन सदरमुकाम फुङ्लिङ आउन खबर गरेको चेम्जोङले बताए। सदरमुकाम फुङ्लिङबाट स्थानीयवासी आफैँले ढुवानी गरेर घुन्सासम्म पु¥याउनुपर्ने उनले बताए। सदरमुकाम फुङ्लिङदेखि घुन्सा पुग्न तीन दिन पैदल यात्रा गर्नु पर्दछ। ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ। ताप्लेजुङको विभिन्न स्थानमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको कार्यालयको तथ्याङकमा छ। रासस
 

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्