Kathmandu Press

तिब्बत सरकारसँग कोराेना नियन्त्रणका लागि सहयोग माग

ताप्लेजुङ, वैशाख २५ : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग सहयोग माग गरेको छ। तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका...
तिब्बत सरकारसँग कोराेना नियन्त्रणका लागि सहयोग माग
Hardik ivf

ताप्लेजुङ, वैशाख २५ : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग सहयोग माग गरेको छ। तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो। 

ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट पाँच हजार थान, एन–९५ मास्क एक हजार थान, पिपीई सेट दुई हजार थान, थर्मल गन २०० थान, अक्सिजन सिलिन्डर १०० लगायत ११ प्रकारका अतिआवश्यक स्वास्थ्य सामग्री सहयोग माग गरिएको मागपत्रमा उल्लेख गरिएको छ। 

दैनिक रुपमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अतिआवश्यक स्वास्थ्य सामग्री तिब्बत सरकारसँग सहयोग माग गरिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए। फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता तथा तिब्बत जानकार छेतेन लामामार्फत मागपत्र पठाइएको प्रमुख मादेनले बताए। डिङ्जे काउन्टी तिब्बत सरकारले ताप्लेजुङमा विभिन्न विपत्का समयमा सहयोग गर्दै आएको छ।
 

प्रकाशित मिति: १२:०२ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्