Kathmandu Press

कोरोना संक्रमितको निःशुल्क उपचार कांग्रेसको माग

काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ।वाग्मती प्रदेश संसदीय दलका नेता...
कोरोना संक्रमितको निःशुल्क उपचार कांग्रेसको माग

काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ।

वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बिरामीको निःशुल्क उपचारको व्यवस्था गर्न संघीय र प्रदेश सरकारसँग माग गरेका हुन्। संघीय र प्रदेश सरकारको लापरवाही र असंवेदनशीलताका कारण स्वास्थ संस्थामा आइसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभाव देखिन थालेको कांग्रेसको आरोप छ।

संक्रमितको उपचारका लागि अत्यावश्यक अस्पताल बेड, आइसीयू बेड, अक्सिजन र भेन्टिलेटरलगायत स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको तत्काल व्यवस्था गर्न र कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको परीक्षणलाई व्यापक बनाउनसमेत उसले माग गरेको छ।

लकडाउनका कारण दैनिक ज्याला गरी खाने श्रमिक वर्ग आर्थिक एवं सामाजिक समस्यामा परेको र खाली पेटले रोगसँग लड्न नसक्ने भएकाले दैनिक ज्यालादारी गर्ने श्रमिक र विपन्न सर्वसाधारणलाई पौष्टिक आहारका लागि राहतको व्यवस्था गर्न पनि उनले माग गरेका छन् । 

प्रकाशित मिति: ०९:१५ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्