Kathmandu Press

अस्ट्रेलियाका प्रधानमन्त्री आफ्नै नागरिकप्रति किन यति कठोर ?

भारतबाट भारतबाट फर्केका आफ्ना नागरिकलाई जरिवाना र जेल सजाय दिने अस्ट्रेलियाको कदमलाई अन्तर्राष्ट्रिय यात्रालाई निरुत्साहित गर्ने नीतिका रूपमा मात्र हेर्नु हुँदैन । भारतमा...
अस्ट्रेलियाका प्रधानमन्त्री आफ्नै नागरिकप्रति किन यति कठोर ?

भारतबाट भारतबाट फर्केका आफ्ना नागरिकलाई जरिवाना र जेल सजाय दिने अस्ट्रेलियाको कदमलाई अन्तर्राष्ट्रिय यात्रालाई निरुत्साहित गर्ने नीतिका रूपमा मात्र हेर्नु हुँदैन । भारतमा बढ्दो कोभिड महामारीबीच अस्ट्रेलियाले आफ्ना नागरिकप्रति उग्र व्यवहार प्रदर्शन गरेको छ । खासमा, अधिकांश राजनीतिकर्मी नागरिकको दुःखमा साथ दिने बाचा गर्छन् अनि उनीहरूलाई चुनाव जित्ने अस्त्र मात्र बनाउँछन् । र, संकटमा क्रुर व्यवहार प्रदर्शन गर्छन् ।

भारतमा करिब नौ हजार अस्ट्रेलियाली बसोबास गर्छन् । कोभिड महामारीका कारण उनीहरू स्वदेश फर्किन चाहेको अस्ट्रेलियाको ब्रोडकास्टिङ कर्पोरेसनले उल्लेख गरेको छ । सरकारले अस्ट्रेलिया प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउँदै त्यसरी स्वदेश फर्किन चाहनेलाई ५१ हजार अमेरिकी डलर जरिवाना वा पाँच वर्ष जेल या दुवै सजाय गर्ने बताएको छ ।

अस्ट्रेलिया मात्र होइन, धेरै मुलुकले भारतसँगको आउजाउ बन्द गरेका छन् । किनकि, भारतमा कोरोना भाइरसको प्रसार तीव्र गतिमा छ । अस्ट्रेलियाको स्वास्थ्य प्रणाली भारतको जस्तो विकराल अवस्थामा छैन । अस्ट्रेलिया आफ्ना सबैजसो अन्तर्राष्ट्रिय नाका गैरनागरिकका लागी बन्द गर्दै भाइरसको स्थानीय प्रसार निर्मुल पार्न सक्ने अवस्थानजिक पुगेको छ । तर, आफ्नै नागरिक घर फर्किँदा अपराधीलाई जस्तो व्यवहार गर्ने अस्ट्रेलिया सरकारको कदमलाई सही मान्न सकिँदैन ।

Hardik ivf

बेइजिङसँग क्यानबेराको सम्बन्ध चिसिँदै गर्दा पछिल्ला वर्षमा नयाँदिल्लीसँगको गठजोड बलियो बन्दै थियो । अस्ट्रेलियामा सन् १९९६ मा ७८ हजार भारतीय बसोबास गर्थे । त्यो संख्या अहिले बढेर पाँच लाख नाघेको छ । यो अस्ट्रेलियाको जनसंख्याको करिब दुई प्रतिशत हो ।

अस्ट्रेलिया र भारत दुवै ‘क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग’ (क्वाड)का सदस्य हुन् । क्वाड अमेरिका र जापानलगायत मुलुकको एक अनौपचारिक समूह हो, जसको लक्ष्य एसिया र प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावको प्रतिरोध गर्ने हो ।

अस्ट्रेलियाका दक्षिणपन्थी प्रधानमन्त्री स्कट मोरिसनको सरकार एकपछि अर्को यौनकाण्डमा फसेको छ । अनि, ढिलो गरी सुरु गरिएको खोप अभियान लक्ष्यभन्दा धेरै टाढा छ । मे २०१९ कै सर्वेक्षणमा प्रधानमन्त्री मोरिसन अति अलोकप्रिय देखिएका थिए । अहिले पनि उनको कुर्सी कम्पायमान नै छ । सन् २०२२ को सुरुमै या मध्यतिर अस्ट्रेलियामा आम निर्वाचन हुँदैछ ।

प्रधानमन्त्री मोरिसनले बुझेका हुन सक्छन्, स्वदेशभित्र चलिरहेका उतारचढाव व्यवस्थापनभन्दा सीमामा कडाइ गर्न सजिलो छ । प्रान्तहरूमा कडा लकडाउनका कारण कन्जरभेटिभ पार्टीले अनौठो लोकप्रियता हासिल गर्‍यो । उक्त पार्टीले दुई राज्यमा हालै भएका चुनावमा अप्रत्यासित हार बेहोर्नुपरेको थियो ।

ती दुवै प्रान्तको नेतृत्व वामपन्थी अस्ट्रेलियाली लेबर पार्टीका लोकप्रिय नेता मार्क म्याकगोवानले गरिरहेका छन् । जसले प्रधानमन्त्री मोरिसनलाई राष्ट्रियस्तरमै चुनौति दिइरहेका छन् । पश्चिम अस्ट्रेलिया प्रान्तका मुख्यमन्त्री रहेका म्यागोवानले गत वर्ष सीमा सिल गर्ने आफ्नो इरादा उल्लेख गर्दै टापुभित्र अर्को टापुको अवस्था सिर्जना गर्ने बताएका थिए ।

यो लेखाजोखाले पनि मोरिसनलाई सिमाना बन्द गर्नै प्रेरित गरेको छ । उनलाई लागेको हुन सक्छ, सीमामा जति बढी कडाइ अपनायो, त्यति नै लोकप्रियता हासिल हुन्छ । सायद त्यही बुझाइका कारण हुन सक्छ, उनले हालै सांस्कृतिक आन्दोलनका अग्रणी व्यक्तित्व तथा क्विन्सल्यान्ड राज्यका पूर्वप्रहरी अधिकारी पिटर डटनलाई रक्षामन्त्री नियुक्त गरेका छन् । डटन सत्तारुढ दलभित्र लोकप्रिय नेता हुन् । उनले सन् २०१८ मा झण्डै पार्टीको नेतृत्व नै हत्याएका थिए । पार्टीको नेतृत्वमा आएको भए उनी नै प्रधानमन्त्री पनि बन्न सक्थे ।

मोरिसन सरकारको कानून र व्यवस्थाको नारा विश्वव्यापीकरण विरोधी नीतिसँग मेल खान्छ । किनकि, यस्तो नाराले विश्वव्यापीकरण विरोधी भावना पैदा गर्छ । अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्धले सरकारी नीतिप्रति झनै सन्देह पैदा गरिदिएको छ ।

खासमा, सन् १९८० र सन् १९९० मा विश्व बजार र पुँजीमा अवरोध आउन थालेदेखि अस्ट्रेलिया समृद्ध हुन थालेको हो । त्यो शीतयुद्धको युग थियो । शीतयुद्धको अन्त्यसँगै एसियामा पनि भारतजस्ता मुलुकले विकासको गति पक्रिए । सुरक्षाको ग्यारेन्टी गर्ने अमेरिका र विश्वकै ठूलो निर्यात बजार चीनबीच आर्थिक प्रतिस्पर्धा बढ्न थाल्यो । के अहिले आफ्नो सौर्य प्रदर्शन गर्न प्रधानमन्त्री मोरिसनलाई भारतलाई अगाडि सार्नु आवश्यक छ ?

अस्ट्रेलिया विगत शताब्दीदेखि नै कृषि र औद्योगिक महसुल तथा ‘श्वेत अस्ट्रेलिया’को नीति पछाडि लागेको थियो । सस्तो सामान र अपेक्षाकृत सस्तो श्रम बजार यसको मुख्य उद्देश्य हो । पूर्वप्रधानमन्त्री पल किटिङले त्यसलाई ‘औद्योगिक संग्रहालय’को अर्थव्यवस्था र यसको हानिकारक सांस्कृतिक दृष्टिकोण संज्ञा दिएका थिए । वर्षौँदेखिको धिमा गतिको वृद्धि अनि अहिलेको चरम स्वास्थ्य संकट, प्रधानमन्त्री मोरिसनमा भ्रम उत्पन्न भएको हुन सक्छ ।

प्रधानमन्त्री मोरिसनले सोमबार आफ्नो नीतिको बचाऊ गर्दै आफूले स्वास्थ्य अधिकारीको सल्लाहअनुसार कडाइ अपनाएको दाबी गरेका छन् । ‘हामी सबैले अस्ट्रेलियाका नागरिकको स्वास्थ्य हितका लागि काम गरिरहेका छौँ,’ उनले भने, ‘भारतमा भइरहेको मानवीय संकटको अवस्थालाई देखेर हामी चिन्तित छौँ ।’

तथापि, मोरिसनको यात्रा प्रतिबन्धको नीति एक दुर्घटना मात्र होइन, यो साह्रै पीडादायी नीति पनि हो । जब राजनीतिज्ञहरूले कानून र व्यवस्थाको कुरा गर्छन् अनि उग्र राष्ट्रवाद शक्तिशाली बन्न जान्छ । त्यसलाई कस्तो आवरण पहिराइन्छ भन्ने गौण कुरा हो ।

ब्लुमबर्ग डट कमबाट
 

प्रकाशित मिति: ०६:३६ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्