Kathmandu Press

इन्टरनेट सस्तो हुँदा पनि अझै किन महँगो छ मोबाइल डाटा? 

काठमाडौं, जेठ ३१ : मोबाइलबाट चलाउने इन्टरनेटको शुल्क लामो समयदेखि घटेको छैन। 

विश्वमा इन्टरनेको मूल्य सस्तो भइरहेका बेला नेपालमा मोबाइल....

इन्टरनेट सस्तो हुँदा पनि अझै किन महँगो छ मोबाइल डाटा? 

काठमाडौं, जेठ ३१ : मोबाइलबाट चलाउने इन्टरनेटको शुल्क लामो समयदेखि घटेको छैन। 

विश्वमा इन्टरनेको मूल्य सस्तो भइरहेका बेला नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्ताहरुले भने महँगो शुल्क तिर्न बाध्य भएका छन्। नेपाल टेलिकम र एनसेल दुबैको डाटा निकै महँगो छ। 

सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियत दिने निर्णय गरेको छ। इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्ने विभिन्न शुल्कमा छुट दिएर इन्टरनेटको शुल्क बढाउन दिएको छैन। 

तर, मोबाइलबाट इन्टरनेट चलाउने (डाटा) प्रयोगकर्तालाई शुलभ सेवा दिनेबारेमा कुनै पनि निर्णय गरेको छैन। जसका कारण तारबाट इन्टरनेट चलाउने प्रयोकर्ताहरुलाई केही सस्तो भएपनि मोबाइल इन्टरनेट प्रयोगकर्ता भने महँगो शुल्क तिर्न बाध्य भएका छन्। 

नेपालमा २ करोड ६ लाख मोबाइल प्रयोगकर्ता रहेको नेपाल दूरसञ्चार प्राधिकरणको भनाइ छ। प्राधिकरणले २ करोड ९५ लाख नेपालीमध्ये ७० प्रतिशतको हातमा मोबाइल रहेको जनाउँदै आएको छ। तर,  तारबाट इन्टरनेट चलाउनेको संख्या भने १२ प्रतिशत मात्रै छ। बाँकी प्रयोगकर्ता मोबाइल इन्टरनेट प्रयोग गर्दछन्। 

चालु वर्षको बजेटबाट इन्टरनेटमा सेवा शुल्क लगाएको सरकारले त्यही आधारमा उपभोक्ता मूल्य बढ्न नदिन भन्दै सरकारले इन्टरनेट जडान गर्दा लाग्ने शुल्क घटाएको छ। राउटर लगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट मर्मतसम्भार शुल्कबापत महिनामा पाँच सय रुपैयाँ बढी लिन्छन्। त्यस्तै शुरुमा राखिने राउटर तथा लिज शुल्कलाई पनि आयभन्दा फरक राखेर दूरसञ्चार सेवा शुल्क लाग्ने छ। यसअघि कुनै पनि इन्टरनेट सेवा प्रदायकको आयमा सेवा शुल्क लाग्ने व्यवस्था गरिएको थियो।  नेपालमा बर्सेनी ५० लाख हाराहारी मोबाइल आयात हुने गरेको नेपाल राष्ट्र बैंको तथ्यांक छ। 
 

प्रकाशित मिति: ११:५४ बजे, शनिबार, जेठ ३२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्