भिभान्ता होटलमा ‘डिम सम्स एन्ड सूप फेस्टिभल’
उपभोक्तालाई १५ सयमै १६ प्रकारका खानाका परिकार
काठमाडौं, जेठ ३१ : चाइनिज खानाका पारखीहरुलाई लक्ष्य गरी ललितप....

उपभोक्तालाई १५ सयमै १६ प्रकारका खानाका परिकार
काठमाडौं, जेठ ३१ : चाइनिज खानाका पारखीहरुलाई लक्ष्य गरी ललितपुरस्थित भिभान्ता होटलले ‘डिम सम्स एन्ड सूप फेस्टिभल’ को आयोजना गर्ने भएको छ।
फेस्टिभल १९ देखि २९ जूनसम्म दैनिक १२ बजेदेखि २ बजेसम्म हुनेछ । होटलले १५ सय रुपैयाँमा १६ प्रकारका खानेकुरा रोजी राजी खान दिनेछ।
डिम सम्स साना प्लेटमा खाइने एउटा चिनियाँ खाना हो । चिनियाँ भाषामा यसको अर्थ ‘टच द हार्ट’ अर्थात् ‘मुटु छुनु’ हो । दसौं शताब्दीमा यो खाना निकै चर्चित थियो। जहाँ दरबारका भान्से अर्थात् सेफहरुले चिनियाँ सम्राटहरुको मुटु छुन ‘डिम सम्स’ तयार गर्थे।
भिभान्ता होटलले यही स्वाद नेपालमा पनि खुवाउने उद्देश्यका साथ फेस्टिभल आयोजना गरेको जनाएको छ । डिम सम्स पेटको भोक सन्तुष्ट पार्न नभएर आत्मालाई सन्तुष्ट बनाउन तयार गरिन्छ । डम्पलिङ, स्टिम बन्स, ¥याप र नुडल रोल्स डिम सम्सका चर्चित प्रकार हुन्।
यी सबैमा समुद्री खाना, मासु र तरकारीहरुको मिश्रण हुन्छ । तर, डिम सम्स खानाको एउटा मूल मर्म अझै पनि जीवन्त छ, त्यो हो– यो परिकार सधैं आफूले माया गर्ने प्रियजनहरुका माझ बसेर खानु पर्छ भन्ने मान्यता।
एघार दिनसम्म चल्ने डिम सम्स एन्ड सूप फेस्टिभलमा असीमित सूपका प्रकार र शाहाकारी तथा मांसाहारी डिम सम्सको मज्जा लिन सकिन्छ ।
डिम सम्सको मांसाहारी वर्गमा चिकेन, भेंडा, बिफ, पोर्क, समुद्री खाना र हरिया सब्जी पाउन सकिन्छ । फेस्टिभलमा समावेश हुन एक जना व्यक्तिका लागि १ हजार ५ सय रुपैयाँभन्दा बढी मूल्य तोकिएको छ । यसमा पाहुनाहरुले २३ प्रकारका डिम सम्स र १६ प्रकारका सूप र अन्य धेरै परिकारको रसास्वादन गर्न सक्नेछन् ।










-1754206481.jpg)
