स्मार्ट सिटी : भान्सामा ग्यास चुहावटदेखि धारा खुलै रहेको सूचना मोबाइलमै
काठमाडौं, जेठ ३१ : स्मार्ट सिटीबारे त धेरै सुनिएको छ। खासमा कस्तो हुन्छ स्मार्ट सिटी? डिल्लीबजारस्थित सफ्ट्वरिका कलेजले यसको नमुना प्रदर्शनी गरेको छ।<....

काठमाडौं, जेठ ३१ : स्मार्ट सिटीबारे त धेरै सुनिएको छ। खासमा कस्तो हुन्छ स्मार्ट सिटी? डिल्लीबजारस्थित सफ्ट्वरिका कलेजले यसको नमुना प्रदर्शनी गरेको छ।
कलेजमा आयोजित प्रदर्शनीमा देशका विभिन्न नगरलाई कसरी स्मार्ट सिटी बनाउन सकिन्छ भन्ने विषयमा प्रदर्शन गरिएको हो। सूचना प्रविधिको मद्दतले हाम्रा दैनिक कामलाई अझै सजिलो, छिटो र छरितो गर्न सकिने बनाउनु नै स्मार्ट सिटीको अवधारणा आएको हो।
कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेजले काठमाडौंमा तीन दिने इन्टरनेट अफ थिङ्गस (आईओटी) प्रदर्शनी गरेको हो।
सफ्ट्वरिका कलेजमा कम्प्युटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीले तयार पारेको स्मार्ट सोलुसन प्रदर्शनीमा राखिएको थियो।
चार–चार जनाको आठ समूहले प्रदर्शनीका लागि स्मार्ट स्कुल/कलेज, स्मार्ट पार्किङ, स्मार्ट होटल/रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधनसहित स्मार्ट सिटीको नमुना तयार गरेका हुन्।
यसलाई उपत्यका विकास प्राधिकरणलाई देखाउने र प्रविधिको अवधारणालाई लिएर स्मार्ट सिटी बनाउन सहकार्य गर्ने सोच रहेको उनीहरूले बताएका छन्। यो अहिले ‘प्रोटोटाइप’ भएको र यसलाई वास्तविक उत्पादन बनाएर बजारमा लग्न चाहने लगानीकर्ताको खोजी गरिरहेको कलेजले जनाएको छ।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्युटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
यन्त्र–यन्त्रबीचमा भएको संचारले जीवनयापनलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने अवधारणा प्रस्तुत गर्न खोजेको कलेज प्रमुख प्रमोद पौडेलले बताए। ‘जस्तै आईओटी डिभाइसेस्को प्रयोगबाट हाम्रो घरमा दिउसोे बति बलिरहेको छ भने हामी अफिस या जहाँ बसेर पनि मोबाइलको प्रयोगबाट बति निभाउन सक्छौं,’ उनले भने।
यो अवधारणा नेपालमा र हरेक नेपालीको घरघरमा लागू गर्न सरकारको मुख ताक्ने नपर्ने कलेज प्रमुख पौडेलले बताए। सरकारी तबरले भन्दा पनि दुई–तीन वटा प्राइभेट संस्थाले यसमा लगानी गरे सजिलै स्मार्ट सिटी बनाउन सकिने उनको भनाइ छ।
यसले दैनिक आइपर्ने घटनाहरूमा पनि जोगाउन भूमिका खेल्ने कलेजका सिनियर लेक्चरर मनोज श्रेष्ठले बताए। यदि घरमा ग्यास लिक भएको छ भने त्यो खबर तुरुन्तै स्मार्ट फोनले दिने उनले बताए। जसले गर्दा नजिक भए तुरुन्तै घरमा गएर बन्द गर्न सकिने वा टाढा भए दमकललाई खबर गर्न सकिने उनको भनाइ छ।
यो शिक्षित र अशिक्षितका लागि पनि उपभोगी छ। श्रेष्ठका अनुसार, सबैले बुझ्न सक्ने गरी ग्राफिक्सको प्रयोग गरिन्छ । जस्तो, धारा खुल्लै छ भने धाराको चित्रलाई रातो रगंमा देखाइनेछ। यसले गर्दा शिक्षित र अशिक्षित दुवै वर्गको मानिसले यसको उपयोग गर्न सक्ने उनले बताए।
बेलायतको सूचना प्रविधिसम्बन्धी प्रसिद्ध कभेन्ट्री युनिभर्सिटिका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबी लिटलरले प्रदर्शनीको संयोजन गरेका थिए। तीन दिने प्रदर्शनी हिजो सकिएको छ।












-(7)-1765197040.jpg)