Kathmandu Press

महंगा मोबाइल र टिभीसहित बिलासी वस्तुको आयातमा कडाइ, गाडी खरिद गर्न बैंकबाट सजिलै ऋण नपाइने

काठमाडौं, जेठ ३१ : व्यापार घाटा अचाक्ली बढेपछि अर्थमन्त्री डा.युवराज खतिवाडले बिलासी बस्तु आयात र प्रयोगमा कडाइ गर्नेे नीति लिएका छन्। सरकारले महंगा स....

महंगा मोबाइल र टिभीसहित बिलासी वस्तुको आयातमा कडाइ, गाडी खरिद गर्न बैंकबाट सजिलै ऋण नपाइने

काठमाडौं, जेठ ३१ : व्यापार घाटा अचाक्ली बढेपछि अर्थमन्त्री डा.युवराज खतिवाडले बिलासी बस्तु आयात र प्रयोगमा कडाइ गर्नेे नीति लिएका छन्। सरकारले महंगा स्मार्ट फोन, टिभी र कृषि उत्पादनको आयातमा समेत कडाइ गर्ने नीति लिएको छ।

त्यही नीतिअनुसार, अर्थमन्त्री डा.खतिवडाले नेपालमा उत्पादन हुनसक्ने बस्तुको आयातमा कडाइ गर्ने गरी मन्त्रिपरिषद्बाट प्रस्ताव पास गाएका छन्। गत साता मन्त्रिपरिषद्बाट पास भएको प्रस्तावको अब तत्काल कार्यान्वयनमा जाने जनाएको छ।

जेठ १३ गते मन्त्रिपरिषद्बाट पास भएको प्रस्तावमा बिलासी र महंगा बस्तुको प्रयोग र आयातमै कडाइ गर्ने उल्लेख छ।

त्यस्तै, मन्त्रिपपरिषद्बाट पारित भएको व्यापार घाटा रणनीतिका लागि भने कर तथा गुणस्तरको माध्यममा कडाइ गर्ने तयारी अर्थमन्त्रालयको छ। यसअनुसार, अब इन्धनबाट चल्ने गाडी र तिनमा प्रयोग हुने पार्टपूर्जाको आयातमा कडाइ गरिने छ।

जसका लागि भन्सार र अन्य करसँगै बैंकबाट दिइने कर्जामा समेत कडाइ गरिने छ। यसलाई राष्ट्र बैंकले आउने मौद्रिक नीतिमा समावेश गर्ने छ।

अब उपभोक्ताले प्रयोग गर्ने निश्चित मूल्यभन्दा माथिका महंगा स्मार्ट फोन, टिभी आयातमा समेत कडाइ गरिने छ। अर्थमन्त्रालयले मन्त्रिपरिषद्कै निर्णयलाई टेकेर अब कृषिजन्य बस्तुको आयातमा विशेष निगरानी र कडाइ गर्नेछ। जसमा माछामासु, दूध, चिया, ताजा तरकारी आयातमा भन्सार महसुल बढाउने तयारी अर्थमन्त्रालयले गरेको छ।

सरकारले काठबाट बनेका तयारी समानमा समेत कडाइ गर्न लागेको छ। जसमा महंगा पलङ, दराज, सोफालगायत बस्तुको आयतमा कडाइ गरिनेछ। सुनचाँदीका गहना, पत्थर र हिराको आयातमा पनि कर बढाउने नीति सरकारले लिएको छ। बच्चाको खेलौना, पानी, जुस, पेयपदार्थको आयतमा भारी कर लगाउने र आयात रोक्ने नीति अर्थमन्त्रालयले अख्तियार गरेको छ।

त्यस्तै,सरकारले गुणस्तरहीन सामानको जाँच भन्सारमा गरेर आयातमै प्रतिबन्ध लगाउने भएको छ। गुणस्तरहीन सामानको नेपाल डम्पिङ साइट बन्दै गएको निष्कर्ष समेत अर्थमन्त्रालयका अधिकारीले निकालेका छन्।

सरकारले खाद्यबस्तुको आयातमा आगामी तीन वर्षभित्र ५० प्रतिशत घटाउने नीतिसहित आन्तरिक उत्पादनमा विशेष जोड दिने जनाएको छ। जसमा कृषि कर्जा, मललगायत कृषकलाई सहज उपलव्ध गराइनेछ।

प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, जेठ ३१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्