Kathmandu Press

कोरोनाबाट धनगढीमा थप तीन जनाको मृत्यु

धनगढी, वैशाख १७ : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा...
कोरोनाबाट धनगढीमा थप तीन जनाको मृत्यु

धनगढी, वैशाख १७ : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरीया गाउँपालिका– ५ का ४० वर्षीया महिलाको मृत्यु भएको हो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

Hardik ivf

त्यस्तै अस्पतालको प्रयोगशालामा तीन सय ६६ को नमूना परीक्षण गर्दा एक सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। अस्पतालमा ५७  कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन्। 

उनीहरूमध्ये नौ जना सघन उपचारकक्ष, तीन जना भेन्टिलेटरमा र ३५ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्