Kathmandu Press

कोरोना उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन

मोरङ, वैशाख १७ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट संक्रमितलाई  गुणस्तरीय एवं विश्वसनीय सेवा...
कोरोना उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन

मोरङ, वैशाख १७ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट संक्रमितलाई  गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा  दिन निर्देशन दिएकी छन् । 

मन्त्रालयमा  बिहीबार यहाँ आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिए। मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा सुविधा एवं स्वास्थ्य सामग्री  केन्द्रमा रहेकाले सोही अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरिन् । अस्पतालमा भर्ना भएकाहरूबाट उपचारका सम्बन्धमा कुनै गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारद्वारा सञ्चालित केन्द्रले राम्रो एवं गुणस्तरीय उपचार सेवा दिन्छ भन्ने महसुस सङ्क्रमित र परिवारले महसुस गराउनुपर्नेमा आवश्यकता औँल्याइन्।

Hardik ivf

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरी गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक हेरचाह केन्द्रमा शुक्रबारदेखि सङ्क्रमितको उपचार शुरु गरिने जानकारी दिँदै मन्त्री राईले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिइन्।

उनले भनिन्, ‘आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुप¥यो, बजेटको समस्या कुनै छैन’, उनले अस्पतालको व्यवस्थापन र अस्पतालजन्य फोहरको उचित व्यवस्थापन गर्न केन्द्रका संयोजक वैद्यनाथ साहलाई समेत निर्देशन दिएकी छिन्।

मन्त्री राईले सङ्क्रमित बिरामीलाई औषधिको पनि कमी नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन्। कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन शय्या र २१ वटा भेन्टिलेटर शय्या तयारी अवस्थामा रहेको जानकारी दिए। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दास, डा दीपक सिग्देललगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्