चितवनमा कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिए
चितवन, वैशाख १६ : नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ।
कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन्। अहिले २७ हजार ८३३ क्रियाशील सदस्य सिफारिश गरिएको उनले जानकारी दिए।
गएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ जिल्लाका तीन निर्वाचन क्षेत्रमा नेपाली कांंग्रेसले ९३ हजार मत प्राप्त गरेको थियो। श्रेष्ठका अनुसार झापा र काठमाडौंपछि सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला चितवन हो।
प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१