Kathmandu Press

पाँचखालमा १५ शय्याको आइसोलेसन सञ्चालन

काभ्रे, वैशाख १४ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि काभ्रेको पाँचखाल नगरपालिकाले आइसोलेसन सञ्चालनमा ल्याएको छ।स्वास्थ्य उपकरण, चिकित्सक तथा आवश्यक दक्ष स्वास्थ्यकर्मीसहित १५...
पाँचखालमा १५ शय्याको आइसोलेसन सञ्चालन

काभ्रे, वैशाख १४ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि काभ्रेको पाँचखाल नगरपालिकाले आइसोलेसन सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य उपकरण, चिकित्सक तथा आवश्यक दक्ष स्वास्थ्यकर्मीसहित १५ शय्याको आइसोलेन सञ्चालनमा ल्याएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले बताए। संक्रमण देखिएका सहज रुपमा उपचार गर्ने व्यवस्था गर्न आइसोलेसन सञ्चालनमा ल्याइएको जनाएको छ।

Hardik ivf

मेयर खरेलले स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन नगरबासीलाई आग्रह गरेका छन्। नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

त्यस्तै नमोबुद्ध नगरपालिका मेयर टिपी शर्मा तिमल्सिनाले केहि दिनभित्र आईसोलेसन सञ्चालनको तयारी रहेको बताए। उनले जनशक्ती र उपकरण तयारी अवस्थामा भएकोले निश्चित स्थान तोकेर आइसोलेसन सञ्चालनमा ल्याउने बताए।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले केन्द्रको निर्देशनबमोजिम जिल्लाका सबै स्थानीय तहमा आइसोलेसन सेन्टर सञ्चालन ल्याउन निर्देशन दिएको बताए।

प्रकाशित मिति: २०:३२ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्