Kathmandu Press

प्रदेश १ मा २०२ सङ्क्रमित थपिए

विराटनगर, वैशाख १३ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन्।थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका...
प्रदेश १ मा २०२ सङ्क्रमित थपिए

विराटनगर, वैशाख १३ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन्।

थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७,  सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा,  इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Hardik ivf

प्रदेश १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ६४६ पुगेको छ भने तीमध्ये २९ हजार ९५९ सङ्क्रमणमुक्त भएका छन्। यो प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०५ रहेको छ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७४७ जनाको पिसिआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

विगत केही दिनदेखि सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन थालेपछि विराटनगर महानगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने हिजो विराटनगरमा ७५ जना सङ्क्रमित भएको थियो।

प्रकाशित मिति: २१:१० बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्