Kathmandu Press

एक महिनापछि सञ्चालनमा आयो धनगढी विमानस्थल

धनगढी, जेठ २९ : धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थालमा जहाजको उडान र अवतरण पुनः शुरु भएको छ। 

धावनमार्गको स्तरोन्नति र पार....

एक महिनापछि सञ्चालनमा आयो धनगढी विमानस्थल

धनगढी, जेठ २९ : धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थालमा जहाजको उडान र अवतरण पुनः शुरु भएको छ। 

धावनमार्गको स्तरोन्नति र पार्किङक्षेत्र विस्तारको कामको लागि गएको वैशाख २२ गतेबाट यो विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको थियो।

Hardik ivf

विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले विमानस्थलको एक हजार ८०० मिटर धावनमार्गमध्ये नौ सय मिटर धावनमार्ग स्तरोन्नतिको काम पूरा भएको बताए। बाँकी नौ सय मिटर धावनमार्गको स्तरोन्नतिको काम असार १ गतेदेखि रातिको समयमा गर्ने तयारी गरिएको छ। 

“जेठ २९ देखि ३२ गतेसम्म बिहानदेखि बेलुकासम्म जहाजको उडान र अवतरण गर्न दिइने छ”, बुढथापाले भने, “असार १ गतेबाट भने बिहान ८ः३० देखि बेलुका ४ बजेसम्म उडान र अवतरण गर्न दिई रातिको समयमा मर्मत सम्भारको काम जारी रहने छ।” विमानस्थलमा पार्किङ क्षेत्रको विस्तार एवं स्तरोन्नतिको काम पनि थालिएको छ। 

पार्किङ क्षेत्रमा दुई वटा जहाज एकैसाथ अड्याउने व्यवस्था रहेकोमा एकैसाथ चार वटा पार्किङ गर्न सकिने गरी विस्तारकार्य थालिएको हो। लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो धनगढी विमानस्थल हो। 
 
सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ-धनगढी-काठमाडौँसम्मको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थल हो। झण्डै १८ करोडको लागतमा विमानस्थलको धावनमार्ग र पार्किङक्षेत्र निर्माण एवं स्तरोन्नति गर्न विभिन्न तीन निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको थियो। यो विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ-धनगढी-काठमाडौँसम्मको हवाईसेवा उपलब्ध गराइरहेको छ। 

यस्तै निजी क्षेत्रको बुद्ध र श्री एअरलायन्सले काठमाडौँ-धनगढी-काठमाडौँका लागि दैनिक चार उडान गर्दै आएका छन्। रासस

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, जेठ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्