Kathmandu Press

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गतेदेखि हुने

काठमाडाैं, जेठ २९ : नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १५ गतेसम्म हुने भएको छ। 

....
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन ९ गतेदेखि हुने

काठमाडाैं, जेठ २९ : नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १५ गतेसम्म हुने भएको छ। 

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘चलचित्र संस्कृति’ को विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए। यस वर्षको महोत्सवमा एनिमेसन र वृत्तचित्र विधालाई पनि समावेश गरेको उनले बताए।

Hardik ivf

एनिमेशन विधामा पुरस्कृत हुने चलचित्रलाई सात सय पचास अमेरिकी डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिने छ। त्यस्तै अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोकृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड, सर्वोकृष्ट वृत्तचित्रलाई  एक हजार राशिको माउण्ट एभरेष्ट अवार्ड र  सर्वोकृष्ट लघु चलचित्रलाई पाँच सय डलर राशिको वाग्मती अवार्ड प्रदान गरिनेछ। 

त्यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख राशिको नगदसहित पुरस्कार, उत्कृष्ट छोटो चलचित्रलाई  ५० हजारसहित पुरस्कार र छोटो चलचित्रमध्येको उत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी प्रदान गरिनेछ। त्यस्तै फिचर चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ। 

नेपाली चलचित्रका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको छ भने विदेशी डकुमेन्ट्री चलचित्रलाई १० अमेरिकी डलर र फिचर चलचित्रलाई १५ डलर शुल्क निर्धारण गरिएको छ।  त्यस्तै प्रतिष्ठानले आगामी कात्तिक ४ देखि १० गतेसम्म मकवानपुरमा पटकथा लेखन कार्यशाला (स्क्रिप्ट राइटिङ वर्कशप) सञ्चालन गर्ने तयारी गरिरहेको छ।इन्द्रसरोवर, कुन्साल वा चित्लाङमध्ये कुनै एक ठाउँमा सञ्चालन हुने कार्यशालाका लागि सहभागीले यही जेठ ३२ गतेदेखि आवेदन दिन सक्नेछन्। 

एक हप्तासम्म हुने कार्यशालामा भारत, चीन र अमेरिकाका अनुभवी चलचित्रकर्मीले प्रशिक्षण दिनेछन्। कार्यशालामा नेपालका तर्फबाट सम्पदा मल्लले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन्। कार्यशालामा सहभागिताका लागि नेपालीले १० हजार र विदेशीले एक सय पचास डलर शुल्क तिर्नुपर्नेछ।  
 

प्रकाशित मिति: १९:११ बजे, बुधबार, जेठ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्