Kathmandu Press

बाँकेमा थप मेडिकल टिम पठाउन सरकारसँग माग

बाँके, वैशाख ११ : जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले थप मेडिकल टिम पठाउन सरकारसँग माग गरेको छ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको...
बाँकेमा थप मेडिकल टिम पठाउन सरकारसँग माग

बाँके, वैशाख ११ : जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले थप मेडिकल टिम पठाउन सरकारसँग माग गरेको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा शनिबार बसेको बैठकले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको भएको भन्दै मेडिकल टिम उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मेडिकल टिम माग गरेको हो।

Hardik ivf

बैठकले बिरामीको उच्च चापलाई मध्यनजर गर्दै भेरी अस्पताल र शिक्षण अस्पतालमा कोभिड उपचारका लागि संख्या थप गरि दुईदुई सय शय्या पुर्याउन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

केन्द्रले अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाउन, शय्या थप्न, आइसियू तथा भेन्टिलेटर थप्न र जनशक्ति थप गर्न केन्द्र सरकारसँग १० करोड र प्रदेश सरकारसँग ५ करोड रकम माग गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: १६:०८ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्