Kathmandu Press

नौ बैंक र वित्तीय संस्थाको बोनस वितरणमा ढिलाइ

काठमाडौं, माघ १२ : केही बैक तथा वित्तिय संस्थाहरूले साधारणसभा नगर्दा शेयर लगानीकर्ताहरूले पाउने बोनस तथा लाभांश रोकिएको छ । बैंक तथा वित्तीय संस्थाले ....

नौ बैंक र वित्तीय संस्थाको बोनस वितरणमा ढिलाइ

काठमाडौं, माघ १२ : केही बैक तथा वित्तिय संस्थाहरूले साधारणसभा नगर्दा शेयर लगानीकर्ताहरूले पाउने बोनस तथा लाभांश रोकिएको छ । बैंक तथा वित्तीय संस्थाले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नु पर्छ ।

माघमा मात्र दुई वाणिज्य बैंकसहित नौ कम्पनीले साधारण सभा बोलाएका छन् । नौ संस्थामध्ये सात वटाले भने बोनस र नगद लाभांस दिने भएका छन् ।

माघ महिनामा साधारसभा गर्नेमा वाणिज्य बैंकतर्फ बैंक अफ काठमान्डू र लक्ष्मी बैंक रहेका छन् ।  बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष शुरु भएको ६ महिनाभित्र अर्थात पुस मसान्तभित्र साधारणसभा सक्नुपर्छ । केही बैंक तथा वित्तीय संस्थाहरूले भने पुस मसान्तसम्ममा साधारणसभा गरेका छैनन् ।

साधारणसभा बोलाउने नौ वटा कम्पनीमध्ये दुई वटाले भने लगानीकर्तालाई निरास बनाएका छन् । लगानीकर्तालाई निरास बनाउने कम्पनीमा ग्रामीण विकास लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् ।

बाँकीले बोनस र नगद लाभांश दिने जनाएका छन् । सबैभन्दा बढी लाभांश उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको रहेको छ । संस्थाले बोनस ४०.५० र नगद २.१३ प्रतिशत दिने घोषणा गरेका छन् ।

साना किसान विकास लघुवित्तले बोनस २५ र नगद १.३१७ प्रतिशत दिने जनाएका छन् । यता बैंक अफ काठमाण्डूले बोनस १४ र नगद ११ प्रतिशत दिने जनाएको छ ।

प्रकाशित मिति: १४:२७ बजे, शनिबार, माघ १२, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्