Kathmandu Press

चट्याङ लागेर बालिकको मृत्यु, तीन घाइते

डडेल्धुरा, जेठ २९ : चट्याङ लागेर डडेल्धुराको परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको मृत्यु भएको छ।

आज बिहान ७ बजे चट्या....

चट्याङ लागेर बालिकको मृत्यु, तीन घाइते

डडेल्धुरा, जेठ २९ : चट्याङ लागेर डडेल्धुराको परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको मृत्यु भएको छ।

आज बिहान ७ बजे चट्याङ लागेर उनको मृत्यु भएको जोगबुडा इलाका प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

आज बिहान घरमै रहेका बेला चट्याङ परेको हो। चट्याङ लागेर घाइते भएकी संगीतालाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी भागेश्वर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्।

चट्याङ लागेर ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मिना भाट पनि घाइते भएका छन्। भरतको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको जोगबुडा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, जेठ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्