Kathmandu Press

रुस्लान अल्ट्रा प्रिमियम भोड्काले जित्यो ग्रान्ड गोल्ड क्वालिटी अवार्ड

काठमाडौं, जेठ २८ : रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन ९ अवार्डस्मा ‘स्प्रिट एन्ड लिक्वर’ क्....

 रुस्लान अल्ट्रा प्रिमियम भोड्काले जित्यो ग्रान्ड गोल्ड क्वालिटी अवार्ड

काठमाडौं, जेठ २८ : रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन ९ अवार्डस्मा ‘स्प्रिट एन्ड लिक्वर’ क्याटवरीमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ। 

स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप सहित अवार्ड पाँच विभिन्न मापदण्डमा आधारित थियो।

मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो।

मोन्डे सेलेक्सन अवार्डले केबल एक सम्मानभन्दा अधिक रहेर उपभोक्ताहरूका लागि गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता र उत्पादनको आन्तरिक बाहिरी मान्यता नियन्त्रण तथा निर्विवाद बिक्री तर्कको प्रत्याभूति दिर्दै आएको छ।  

रुस्लान अल्ट्रा प्रिमियम भोड्का गत मंसिर (सन् २०१८ डिसेम्बर)मा मात्र बजारमा ल्याइएको हो । यसको भोड्का उपभोक्ताबीच पहिलो रोजाईको रुपमा बजारमा तीव्र रूपमा कारोबार बढ्दै गएको छ । “हामी यो सम्मान पाउँदा गौरवान्वित भएका छौं । यो हाम्रो नव–आविष्कार र सर्वोत्कृष्ट मदिराजन्य उत्पादनहरूको विशिष्टताको सम्मान हो,” जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने। 

ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले भने, “हामी स्रोतबाट उत्तम कच्चापदार्थहरू ल्याएर उत्कृष्ट मदिराजन्य उत्पादनको ब्लेन्डिङ तयारी गर्नका लागि निकै समय लगाउनुका साथै धेरै मेहनत गर्ने गर्छौं । यो अवार्ड गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू प्रतिको हाम्रो प्रतिबद्धता र नेपाली मदिराजन्य उत्पादनमा उत्कृष्टताको उदाहरण हो।”

जाउलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिज नेपालमा बहु–ड्रिस्ट्रिलरीहरू, ब्रुअरी र अनुसन्धान तथा बिक्री युनिटहरू रहेको पेयपदार्थको अग्रणी समूह हो । यसले नेपालमा मदिरा र बियरहरूका स्वदेशीका साथसाथै अन्तर्राष्ट्रिय उत्कृष्ट ब्रान्डहरू उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, जेठ २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्