Kathmandu Press

झण्डै एक दशकपछि दीपकले भरे फिल्मको गीतमा आवाज 

काठमाडौं, जेठ २८ : झण्डै एक दशकपछि गायक दीपक बज्राचार्यले नेपाली चलचित्रको गीतमा आवाज भरेका छन्। फिल्म मारुनीको पहिलो गीत ‘जाम न माया जाम&r....

झण्डै एक दशकपछि दीपकले भरे फिल्मको गीतमा आवाज 

काठमाडौं, जेठ २८ : झण्डै एक दशकपछि गायक दीपक बज्राचार्यले नेपाली चलचित्रको गीतमा आवाज भरेका छन्। फिल्म मारुनीको पहिलो गीत ‘जाम न माया जाम’ बोलको गीतमा बज्राचार्यले आवाज भरेका छन्। मंगलबार रिलिज गरिएको उक्त गीतमा संगीत पनि बज्राचार्य आफैले भरेका छन्।

मारुनीका लागि गीत गाउने अफर आउँदा सुरूमा उनलाई  मन लागेकाे थिएन। किनभने उनले पहिला पनि दुई चारवटा फिल्ममा काम गरिसकेका थिए। तर, आफनो सोलो जस्तो फिल्ममा काम गर्दा स्वतन्त्र भएर काम गर्न पाएनन्। त्यसैले पनि फिल्मका लागि उनले पछिल्लो समय गीत गाएका थिएनन्। जब मारुनीका लागि निर्माता पुनम गौतमले प्रस्ताव राखे उनले हुन्छ त भने तर केही सम्झौता पनि गरे। 

Hardik ivf

‘जब पुनमजीले मलाई फिल्मका लागि एउटा गीत बनाउनु पर्‍यो भन्नुभयो। मैले सुरुमै भनेको थिए–मैले जस्तो गित बनाउछु त्यसमा धेरै काँटछाँट नगरिदिनुहोला। यदि तपाईँलाई गीत मन परेन भने बरु सिधै रिजेक्ट गरिदिनु होला भनेर,’ उनले भने। उनले मारुनीका लागि गीत गाउँदा पूर्ण स्वतन्त्र भएर काम गर्न पाएको बताए। फिल्मको टिम, कन्सेप्ट, भिडियो लगायतका कुराले ‘जाम न माया जाम’ गीतलाई अझै निखारेको उनले बताए।

मारुनीमा काम गरेपछि उनले नेपाली फिल्म क्षेत्रको काम र पूरै फिल्म क्षेत्र नै धेरै परिवर्तन भइसकेको आफूले महसुस गरेको पनि बताए। ‘जाम न माया जाम’ एउटा डान्सिङ नम्बरको गीत हो। गीतमा साम्राज्ञी र पुष्पलको गरम केमेस्ट्री देखाइएको छ। गीतको रचना रिकी शाक्यले र कोरियोग्राफ प्रविण सिंहले गरेका छन्। 
 

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, जेठ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्