Kathmandu Press

महाकाली अस्पतालका १४ कर्मचारीलाई कोरोना संक्रमण

कञ्चनपुर, वैशाख ८ : कञ्चनपुरको महाकाली अस्पतालका १४ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ।अस्पतालका अनुसार प्रशासन फाँटमा कार्यरत पाँच जना कर्मचारी, चार...
महाकाली अस्पतालका १४ कर्मचारीलाई कोरोना संक्रमण

कञ्चनपुर, वैशाख ८ : कञ्चनपुरको महाकाली अस्पतालका १४ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

अस्पतालका अनुसार प्रशासन फाँटमा कार्यरत पाँच जना कर्मचारी, चार जना स्टाफ नर्स र पाँच जना कार्यालय सहयोगीमा कोरोना देखिएको हो। उनीहरुमध्ये केही अस्पतालको आइसोलेसनमा र केहीलाई होम हाइसोलेसनमा राखिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।

अहिले महाकाली अस्पतालमा ३८ जना संक्रमित उपचार छन्। उनीहरुको उपचारका क्रममै स्वास्थ्यकर्मीलाई संक्रमण भएको जनाएको छ।

यस्तै, बुधबार मात्रै कञ्चनपुरमा थप ७० जना कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या एक सय नौ पुगेको छ।

 

प्रकाशित मिति: १९:११ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्