Kathmandu Press

कोरोनाबाट धरानमा एक बृद्धाको मृत्यु

धरान, वैशाख ८ : कोरोना भाइरसको संक्रमणबाट धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७८ वर्षीया वृद्धाको मृत्यु भएको छ।सुनसरीको इटहरी उपमहानगरपालिका २ की...
कोरोनाबाट धरानमा एक बृद्धाको मृत्यु

धरान, वैशाख ८ : कोरोना भाइरसको संक्रमणबाट धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७८ वर्षीया वृद्धाको मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका २ की बृद्धाको आज मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता चूडामणि पोखरेलले जानकारी दिए। उनको उपचारका क्रममा मृत्यु भएको पोखरेलले बताए।

उनलाई चैत २४ गते कोरोना पुष्टि भएको थियो। त्यहि दिन दिन कोभिड अस्पताल भर्ना गरिएको थियो।

 

प्रकाशित मिति: १८:४४ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्