Kathmandu Press

ठमेलका पर्यटन व्यवसायीलाई निःशुल्क कोरोना खोप

काठमाडौं, वैशाख ८ : ठमेल क्षेत्रका पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। ठमेल पर्यटन विकास परिषद्को समन्वयमा पर्यटन व्यवसायीलाई खाेप लगाउन थालेको...
ठमेलका पर्यटन व्यवसायीलाई निःशुल्क कोरोना खोप

काठमाडौं, वैशाख ८ : ठमेल क्षेत्रका पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। ठमेल पर्यटन विकास परिषद्को समन्वयमा पर्यटन व्यवसायीलाई खाेप लगाउन थालेको हो।

कोभिड–१९ विरुद्धको खोप अभियान २०७७÷७८ अन्तर्गत वैशाख ५ गतेदेखि खोप वितरण गर्न थालिएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्रर शर्माले जानकारी दिए। ‘पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, बालाजुमा पर्यटन व्यवसायीहरूलाई वैशाख ४ गते देखि ११ गतेसम्म खोप वितरण गर्ने योजना छ,’ उनले काठमाडौं प्रेससँग भने।

Hardik ivf

बुधबार नौ सय पर्यटन व्यवसायीले खोप लगाएका छन्। अहिलेसम्म तीन हजारभन्दा बढी ठमेलका पर्यटन व्यवसायीले खोप लगाइसकेका छन्।

एक वर्षदेखि ठप्प भएको पर्यटन व्यवसायमा थोरै चहलपहल बढ्दै गर्दा फेरि कोरोनाको दोस्रो लहर चलेसँगै पर्यटन व्यवसायीहरूमा निराशा छाउन थालेपछि  सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्नका लागि खोप सेवा प्रदान गरिएको शर्माले बताए।

यो योजनाअन्तर्गत रहेर ठमेल पर्यटन विकास परिषद्मा आवद्ध भएका व्यवसायी र कर्मचारीहरूले खोप प्राप्त गर्नेछन्। व्यवसायी तथा कर्मचारीहरूले खोप लगाउनका लागि परिषद्को सिफारिश आवश्यक रहेको उनले बताए।

चीनले अनुदानमा दिएको खोप व्यवसायीलाई लगाउन थालिएको हो। पर्यटन व्यवसायी तथा कर्मचारीहरूको लागि भेरोसेल खोपको १० हजार डोज उपलब्ध भएको उनले बताए।

यसले ठमेलमा कार्यरत होटेल व्यवसायी, ट्राभल, टुर तथा ट्रेकिङ्ग व्यवसायी, कर्मचारी, ठमेल पर्यटन विकास परिषद्का साधारण सदस्यहरू लगायतका पर्यटन व्यवसायीहरूलाई केही हदसम्म राहत मिल्ने उनको विश्वास छ।

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, वैशाख ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्