Kathmandu Press

सस्तोमै उखु बिक्री गर्दै किसान

धनगढी, माघ १२ :  उखुको उचित मूल्य नपाएपछि कैलाली र कञ्चनपुरका किसानमा मर्कामा परेका छन् ।

उखु किसानको सहजताका लागि सरकारले न्यूनतम खरिद....

सस्तोमै उखु बिक्री गर्दै किसान
डिल्लीराज ओझा/काठमाडौं प्रेस

धनगढी, माघ १२ :  उखुको उचित मूल्य नपाएपछि कैलाली र कञ्चनपुरका किसानमा मर्कामा परेका छन् ।

उखु किसानको सहजताका लागि सरकारले न्यूनतम खरिद मूल्य निर्धारण गरेको थियो । तर, सरकारले तोकेको मूल्य लागू नभएको किसानले बताएका छन् । सरकारले उखुको खरिद मूल्य न्यूनतम प्रतिक्वीन्टल पाँचसय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो ।

Hardik ivf

तर, चिनी मिल व्यवसायीहरुले तोकिएको मूल्यमा उखु खरिद नगरेको कञ्चनपुरका उखु किसान श्यामप्रसाद रानाले बताए। ‘‘सरकारले तोकेको मूल्यमा खरिद गर्दैनन् । प्रतिक्वीन्टल चारसयदेखि चारसय ४० रुपैयाँ मात्रै दिने गरेका छन्,” उनले भने ।

व्यवसायीहरुको मनोमानीले सस्तैमा उखु बिक्री गर्नु परेको अर्का किसान सुरेश सिंहले बताए।

त्यस्तै, सरकारले दिने अनुदान पनि नपाउने गरेको उनीहरुको गुनासो छ । राजनीतिक दल निटकले मात्रै सहजरुपमा अनुदान पाइरहेको उखु किसानले बताएका छन् ।

सरकारले प्रतिक्वीन्टल ६५ रुपैयाँ अनुदान दिने गरेको छ ।

 

प्रकाशित मिति: १४:१० बजे, शनिबार, माघ १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्