Kathmandu Press

बमसँग कार ठोक्किँदा एकै परिवारका ६ को मृत्यु

कान्दाहार, जेठ २८ : सडक छेउमा राखेको बमसँग कार ठोक्किँदा अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्दमा विस्फोट भएको छ। विस्फोटमा परी एकै परिवारका ....

बमसँग कार ठोक्किँदा एकै परिवारका ६ को मृत्यु
एजेन्सी

कान्दाहार, जेठ २८ : सडक छेउमा राखेको बमसँग कार ठोक्किँदा अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्दमा विस्फोट भएको छ। विस्फोटमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ।

कान्दाहार प्रान्तका प्रहरी अधिकृत जमाल नसिरले सडक छेउमा राखेको बमसँग कार ठोक्किँदा विस्फोट भएको बताए।

Hardik ivf

विस्फोटमा दुई बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। विस्फोटमा केही घाइते भएका छन्।

कान्दाहार प्रान्तको ठूलो भागमा आत्मघाती र सडक किनारमा बम राख्न सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैन।

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, जेठ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्