Kathmandu Press

नेपाल-अमेरिका चलचित्र महोत्सव हुँदै

काठमाडौं, जेठ २८ : अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा तीन दिने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदैछ । जुन २८–३० मा हुने मह....

नेपाल-अमेरिका चलचित्र महोत्सव हुँदै

काठमाडौं, जेठ २८ : अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा तीन दिने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदैछ । जुन २८–३० मा हुने महोत्सवको तयारी तिव्र रुपमा भइरहेको जनाएको छ।

महोत्सवमा प्रदर्शन हुने चलचित्रको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ। महोत्सवको लागि नेपालबाट निर्देशक नवीन सुब्बा अमेरिका पुगेका छन्। यो संस्करणमा सुब्बा महोत्सवका मानार्थ सभापति रहनेछन्।

Hardik ivf

नेपाल र अमेरिकको कला, संस्कृति, परम्परा र ज्ञानलाई चलचित्रमार्फत जोड्न महोत्सव आयोजना गर्न लागिएको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले बताए।

महोत्सवमा मूलतः नेपालका विशेष चलचित्र, वृत्तचित्र, लघु चलचित्र, सजीवता ( एनिमेसन) लगायत अरु पनि थुपै विधाका चलचित्र प्रदर्शन गरिने उनले बताए।
नेपालबाहेक दक्षिण एसिया, अमेरिकासहित विश्वभर बनेका चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछ।

चलचित्रबारे दर्शक र निर्माता÷निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम समेतको आयोजना गरिनेछ। साथै प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिनेछ।

उद्घाटनमा विनोद पौड्यालद्वारा निर्देशित ‘बुलबुल’ देखाइनेछ। महोत्सवमा डिसी महानगर क्षेत्रका ६ वटा फिल्मसहित मेरिल्यान्डको सिल्भर स्प्रिन्समा ३४ वटा चलचित्र देखाइनेछ। 

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, जेठ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्