आँधीबाट बिहारमा आठको मृत्यु
नयाँ दिल्ली, जेठ २८ : पूर्वी भारतीय राज्य बिहारका बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी आठ जनाको मृत्यु भएको छ। आँधीमा ११ जना घाइते भएका छन्।
नयाँ दिल्ली, जेठ २८ : पूर्वी भारतीय राज्य बिहारका बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी आठ जनाको मृत्यु भएको छ। आँधीमा ११ जना घाइते भएका छन्।
भारतीय संचारमाध्यमका अनुसार हिजो साँझ आँधी आएको हो। केही ठाउँमा चट्याङ पनि परेको जनाएको छ। बिहारको गोपालगञ्जमा तीन, सिओहार एक, सितामार्हिमा एक र चम्पारनमा दुई जनाको मृत्यु भएको जनाएको छ।
भीषण रुपमा आएको आँधीको कारण कैयो रुखहरु ढलेको र धुलोसहितको यस आँधीको कारण विद्युत आपूर्तिमा बन्द भएको छ। भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए।
आँधीबाट उत्तर प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको थियो।












