चिनियाँ नेतृत्वको एआईआईबीले त्रिशुली जलविद्युत आयोजनामा १० अर्ब ऋण लगानी गर्ने
काठमाडौं, जेठ २८ : रसुवामा निर्माण हुने त्रिशुली जलविद्युत आयोजनाको लागि एसियन इन्फाइस्ट्रक्चर इनभेष्टमेन्ट बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।....

काठमाडौं, जेठ २८ : रसुवामा निर्माण हुने त्रिशुली जलविद्युत आयोजनाको लागि एसियन इन्फाइस्ट्रक्चर इनभेष्टमेन्ट बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।
दुई सय १६ मेगावाटको आयोजनाका लागि बैंकले लगानी गर्न लागेको हो। आयोजनाको प्रवर्द्धक कोरियाली नेपाल वाटर एन्ड इनर्जी डेभलोपमेन्ट कम्पनी प्रालि रहेको छ।
चिनियाँ बैंकको नेतृत्वमा रहेको इन्फास्ट्रक्चर बैंकको नेपालमा पहिलो लगानी हो ।
निर्माण, परिचालन र हस्तान्तरण (बुट) मोडेलमा निर्माण हुने त्रिशुली–१ मा आईसिएफसी र एसियन डेभलोपमेन्ट बैंकको समेत ऋण लगानी गरेका छन्।
एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले अमेरिकी डलर ९० मिलियन अर्थात नौ अर्ब ९९ करोड नेपाली रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेको हो।
बैंकले विद्युत वितरण प्रणाली सुदृढीकरण र तामाकोशी–५ जलविद्युत आयोजनामा समेत ऋण लगानी गर्ने घोषणा यसअघिकै गरिसकेको छ।
बैकले वितरण प्रणाली सुदृढीकरणको लागि ११ करोड रुपैयाँ र तामाकोशी–५ को लागि १० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।










-1754206481.jpg)
