Kathmandu Press

नाडा अटो शो- २०७६ का लागि बुकिङ खुला 

काठमाडौं, जेठ २७ :  नाडा अटो शो-२०७६ का लागि स्टल बुकिङ खुला गरिएको छ। प्रत्येक वर्ष नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्....

नाडा अटो शो- २०७६ का लागि बुकिङ खुला 

काठमाडौं, जेठ २७ :  नाडा अटो शो-२०७६ का लागि स्टल बुकिङ खुला गरिएको छ। प्रत्येक वर्ष नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्दै आएको नाडा अटो शो २०७६ का लागि सोमबारदेखि बुकिङ खुला गरिएको हो।

नाडाले अटो शोमा सहभागी हुने सदस्यहरुका लागि स्टल बुकिङ सोमबारदेखि खुलाएको नाडाका सचिव अनुप बरालले जानकारी दिए। उनका अनुसार बुकिङ जेठ ३० गतेसम्म गर्न सकिने छ। नाडा अटो शो आगामी भदौ १० देखि १५ गतेसम्म  हुनेछ।

नाडा अटो शोमा नेपाली बजारमा उपलब्ध सवारी ब्रान्डहरुले सहभागिता जनाउने छन्। अटो शोमा सवारीका साथै सवारीजन्य पाटपूर्जा तथा टायर, लुब्रिकेन्ट, बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहने छ।

सवारी प्रदर्शनीका साथै अटो शोमा विभिन्न अन्तर्क्रिया तथा छलफल समेत हुँदै आएको छ। 
 

प्रकाशित मिति: १६:५९ बजे, सोमबार, जेठ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्