Kathmandu Press

साम्राज्ञीलाई ‘जाम न माया जाम’ भन्दै पुष्पल

काठमाडौं , जेठ २७ : निकै चर्चा पाइरहेको फिल्म ‘मारुनी’को पहिलो गीत ‘जाम न माया जाम’को म्यूजिक भिडियो आज रिलिज हुँदैछ।

<....
साम्राज्ञीलाई ‘जाम न माया जाम’ भन्दै पुष्पल

काठमाडौं , जेठ २७ : निकै चर्चा पाइरहेको फिल्म ‘मारुनी’को पहिलो गीत ‘जाम न माया जाम’को म्यूजिक भिडियो आज रिलिज हुँदैछ।

फिल्मले जस्तै यो गीतले पनि रिलिज अगावै निकै चर्चा पाइसकेको छ।

यसमा फिल्मका लिड कलाकार पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘हट केमेस्ट्री’ देख्न सकिन्छ।

यो जोडीसँगै एक सयभन्दा बढि कोरसलाई क्लबमा नचाइएको छ।

फस्टलुकलाई जस्तैले यो गीतालाई पनि दर्शकले मन पराउने आशा गर्दै पुष्पलले भने, ‘जाम न माया जाम निकै नै डान्सिङ नम्बर रहेको छ।’

दीपक बज्रचार्यको स्वर रहेको ‘जाम न माया जाम’लाई प्रविण सिंहले कोरियोग्राफ गरेका छन्।

गायक बज्रचार्यले फिल्म क्षेत्रमा पहिलो पटक नयाँ फ्लेबरको गीत तयार गरिएको बताए। दर्शकले अघिल्लो गीत जस्तै मन पराउनेमा उनी आशावादी छन्।

नवल नेपालको निर्देशन रहेको फिल्म ‘मारुनी’ भदौ १३ मा रिलिज हुंदैछ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्म साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र नव नायिका रेविका गुरुङको मुख्य भूमिका रहेको छ।

प्रकाशित मिति: १३:४० बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्