Kathmandu Press

अफगानिस्तानमा सरकारी फौजको कारबाही ७० लडाकु मारिए

काबुल, जेठ २७ : अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले ज....

अफगानिस्तानमा सरकारी फौजको कारबाही ७० लडाकु मारिए

काबुल, जेठ २७ : अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ।

सेनाले जारी गरेको पछिल्लो वक्तव्यमा कान्दाहार र छिमेकी प्रान्तहरुमा तालिबान विरुद्ध सेनाले कारबाही तिब्र बनाएको जनाइएको छ।

सैनिक कारबाहीमा तालिबानका एक जना प्रभावशाली कमान्डर मुल्लाह महमुद पनि मारिएका छन्।

यसैगरी, कान्दाहार प्रान्तका मिवान्द, मियासिन र शाह वालीकोट जिल्लामा गत शनिबारदेखि जारी कारबाहीमा ४१ जना विद्रोही मारिएको सेनाको वक्तव्यमा उल्लेख छ।

सेनातर्फको क्षतिको विवरण भने दिइएको छैन। कान्दाहार, जाबुल, हेल्मन्ड र उरुगजान प्रान्तमा तालिबानको विशेष उपस्थिति रहेको छ।

गत अप्रिल १२ देखि तालिबानले अफगानिस्तानका सबै क्षेत्रमा सरकारी फौज विरुद्ध कारबाही तिब्र बनाउने घोषणा गरेको थियो।

अफगान रक्षामन्त्री अस्सादुल्लाह खालिदले तालिबान विरुद्ध सशक्त कारबाही अघि बढाउन सेनालाई निर्देशन दिएका छन्।

 

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, जेठ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्