Kathmandu Press

सामाखुसीमा खुल्यो यामाहाको अत्याधुनिक डिलरसिप

काठमाडौं, जेठ २७ : नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थ्रि एस&r....

सामाखुसीमा खुल्यो यामाहाको अत्याधुनिक डिलरसिप

काठमाडौं, जेठ २७ : नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको अत्याधुनिक डिलरसिप सुरू गरेको छ।

काठमाडौंमा यामाहा मोटरसाइकल र स्कुटरको माग बढ्दै गएपछि एमएडब्लु इन्टरप्राइजेजले बाइकर ल्याब्स् प्रालिमार्फत नयाँ डिलरसिप सुरू गरेको हो।

दुईतले नयाँ सोरुमको उद्घाटन गर्दै एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले विश्वस्तरीय प्रविधिजडित यामाहाका मोटरसाइकलको सेल्स, सर्भिस, एक्सचेन्ज र फाइनान्सको सुविधा पाउने बताए।

‘पछिल्लो समयमा हामीले ल्याएका आर–१५ भी–३, र एफजी भी–३ ले पनि यामाहाको स्पोर्टी इमेजलाई बलियो बनाइदिएको छ,’ निर्देशक अग्रवालले भने।

त्यसैगरी, बाइकर ल्याब्स्का संस्थापक दीपक सिंजालीले युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरू गर्नु गर्वको कुरा भएको बताए। दुईतले यो सोरुमबाट ग्राहकले राम्रो सपिङ एक्सपिरियन्स गर्ने उनको भनाइ छ। उनले यामाहाले विक्रीलाई मात्र नभई विक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर–३, एफजी–२५, फेजर–२५, आर–१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्।

यामाहाले भर्खरै मात्र एफजीएस एफआई भी–३.० सार्वजनिक गरेको थियो जुन एफआई टेक्नोलोजी र एन्टिलक ब्रेकिङ सिस्टम भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो। यसको माग युवा राइडर माझ अत्याधिक बढेको छ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ।

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, जेठ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्