Kathmandu Press

वीरगञ्जमा वर्षा र हावाहुरी : चार घाइते, सहर अन्धकार

काठमाडौं, जेठ २६ : आज दिउँसो वर्षासँगै आएको हावाहुरीले रुख भाच्चिँदा केही व्यक्ति घाइते भएका छन्। लाखौको धनमाल क्षति भएको छ। 

वीरगञ्जमा वर्षा र हावाहुरी : चार घाइते, सहर अन्धकार
जियालाल साह

काठमाडौं, जेठ २६ : आज दिउँसो वर्षासँगै आएको हावाहुरीले रुख भाच्चिँदा केही व्यक्ति घाइते भएका छन्। लाखौको धनमाल क्षति भएको छ। 

वीरगञ्ज–१० रजत जयन्ती चौकछेउ रुख भाचिँदा एक अटो रिक्सामा सवार चार जना घाइते भएका छन्। उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। 

हावाहुरीले वीरगञ्जको रामटोलमा रहेको ट्रान्सफरमरमा पनि क्षति पुर्‍याइएकाे छ। यसले गर्दा वीरगञ्ज अन्धकारमय भएको छ। 

प्रकाशित मिति: २१:१५ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्