Kathmandu Press

तीन वर्षमा ५३ खर्ब खर्च, दोहोरो अंकको आर्थिक वृद्धि

काठमाडौं, जेठ २६ः  सरकारले आगामी तीन वर्षभित्र ५३ खर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने लक्ष्य लिएको छ।

राष्ट्रिय योजना आयोगले सार्वजनि....

तीन वर्षमा ५३ खर्ब खर्च, दोहोरो अंकको आर्थिक वृद्धि

काठमाडौं, जेठ २६ः  सरकारले आगामी तीन वर्षभित्र ५३ खर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने लक्ष्य लिएको छ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनामार्फत सरकारले आगामी तीन वर्षभित्र ५३ खर्ब ४४ अर्ब ९२ लाख ४६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको हो। चालुगत, पूँजीगत र वित्तीय खर्चमार्फत तीन वर्षभित्र खर्च गर्ने लक्ष्य लिइएको छ।

योजना आयोगले मध्यमकालीन खर्च संरचना (आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९) सम्ममा उक्त रकम खर्चको लक्ष्य लिएको हो। सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापन गर्न मध्यमकालीन खर्च संरचनालाई महत्वपूर्ण औजार मान्ने गरिन्छ।

खर्च संरचना अनुसार आर्थिक वर्ष चालु आर्थिक वर्ष २०७६/७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट गत जेठ १५ गते सार्वजनिक गरिएको थियो। योजना आयोगले तीन वर्षे खर्च संरचना आइतबार सार्वजनिक गरेको हो। जसमा  आगामी आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएको छ भने अर्को आर्थिक वर्ष २०७८/७९ मा २० खर्ब ५२ अर्ब ८८ करोड रुपैयाँ खर्चको लक्ष्य छ। 

आगामी  आर्थिक वर्ष २०७६/७७ मा चालु खर्च ९ खर्ब ५७ अर्बको लक्ष्य राखेको सरकारले पूँजीगततर्फ ४ खर्ब ८० अर्ब ५९ करोड रुपैयाँ खर्चको लक्ष्य छ। त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब १३ करोड र पूँजीगत खर्चतर्फ ५ खर्ब ४५ अर्ब ९० करोड रुपैयाँ खर्चको लक्ष्य राखिएको छ।

त्यस्तै, मध्यकालीन खर्च योजनाको अन्तिम वर्ष आर्थिक वर्ष २०७८/७९ मा चालुतर्फ १० खर्ब ७६ अर्ब ८१ करोड रुपैयाँ र उक्त वर्ष पूँजीगततर्फ ७ खर्ब १० अर्ब ८३ करोड रुपैयाँ खर्चको लक्ष्य लिएको छ। मध्यकालीन खर्च संरचना अनुसार तीन वर्षभित्र चालुतर्फ ३० खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ र पूँजीगततर्फ १६ खर्ब ६४ अर्ब ४७ करोड रुपैयाँ खर्चको लक्ष्य सरकारले लिएको छ।

त्यस्तै, वित्तीयतर्फ ६ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ खर्चको लक्ष्य सरकारले लिएको छ। सरकारले तीन वर्षभित्र राजस्व पनि ५३ खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ। आर्थिक वर्ष २०७८/७९ मा ९.९ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य कायम गरिएको हो।

चालु आर्थिक वर्ष २०७५/७६ मा ६.८ प्रतिशतको आर्थिक वृद्धि हुने र तीन वर्षभित्र दुई अंकको आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने अनुमान गरिएको राष्ट्रिय योजना आयोगले उल्लेख गरेको छ। 

 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, जेठ २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्