Kathmandu Press

चलचित्र कलाकार संघको अध्यक्षमा खड्का निर्वाचित

काठमाडौं, जेठ २६ : नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का निर्वाचित भएका छन्। खड्का प्रत्याशी सरिता लामिछानेलाई पराजित गर्दै अध....

 चलचित्र कलाकार संघको अध्यक्षमा खड्का निर्वाचित

काठमाडौं, जेठ २६ : नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का निर्वाचित भएका छन्। खड्का प्रत्याशी सरिता लामिछानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। 

शनिबार राति सकिएको संघको १७ औं अधिवेशनबाट अध्यक्षमा विजयी खड्काले २१८ मत प्राप्त गर्दा लामिछानेले १६१ मत पाइन्। 

यस्तै, उपाध्यक्षद्वयमा रजिता उप्रेती (रेजिना) र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी र सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भए। कोषाध्यक्षमा भने सुनिल कटवाल निर्विरोध निर्वाचित भएका थिए।

यस्तै, सस्यहरूमा शितल केसी, जयकिशन बस्नेत, गोपाल ढकाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन्।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्