पत्रकार महासंघ काभ्रेमा बद्रीराज तिमल्सिना विजयी
काठमाडौं, चैत २६ : नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको बुधबार भएको निर्वाचनबाट प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी प्रेस...काठमाडौं, चैत २६ : नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको बुधबार भएको निर्वाचनबाट प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईलाई १७ मतको अन्तरले पछाडि पारे।
युनियन र प्रेस सङ्गठन नेपालको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार तिमल्सिनाले ६८ मत ल्याए भने बजगाईंले ५१ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा प्रेस चौतारीका विनोद न्यौपानेले ६१ मत प्राप्त गरी प्रेस संगठनका प्रल्हाद शर्मा हुमागाईंलाई पछाडि पार्न सफल भए। हुमागाईंले ५७ मत प्राप्त गरेका छन्। महिला उपाध्यक्षमा सुनिता सापकोटाले ६४ मत ल्याएर विजयी भइन्।
त्यस्तै कार्यसमितिको सचिवमा युनियनका कपिल कोइराला, कोषाध्यक्ष चौतारीका केदारनाथ तिमल्सिना, खुला सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगतमान बल तामाङ विजयी हुनुभएको छ।
सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन्। कार्यसमितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित भए।