तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
दमाैली, जेठ २५ : तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थाम....
दमाैली, जेठ २५ : तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट भानु नगरपालिका–२ भकुण्डोथोककी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा शुक्रबार साँझ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिकाको घाँटीमा चितुवाले चिथोरेको डाम छ भने शरीरका अन्य भागमा कुनै क्षति छैन।
प्रकाशित मिति: १२:२४ बजे, शनिबार, जेठ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१